• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

अभिनेत्री पूजा शर्मा

काठमाडौं । अभिनेत्री पूजा शर्माको जन्म वि.स. २०४९ साल बैशाख १८ गते बिहिबार सिन्धुपाल्चोकमा भएको थियो । पूजा जन्मिएको तीन महिनापछि उनको परिवार काठमाडौं सेरका थिए । 

पूजाका बुबा व्यावसायले एक सरकारी चिकित्सक हुन् भने आमा शिक्षिका थिइन् । पूजा उनका बुबा–आमाको एक्ली सन्तान हुन् ।

पूजाले ‘सुदेशा हाई स्कूल’बाट एसएलसी गरेकी हुन् । त्यस्तै, उनले प्लस टुसम्मको पढाई काठमाडौंमै गरेपछि बाँकी अध्ययनका लागि क्यानडा गइन् । तर, केही चिकित्सा समस्याका कारण उनी काठमाडौं नै फर्किइन् । पूजाले टुरिज्मबाट स्नतक गरेकी हुन् । 

पूजाको सुरुमा पत्रकारितामा लगाव थियो, पछि उनी भिजेको रुपमा काम गर्न थालिन् । त्यसपछि उनी ग्ल्यामर संसारमा आकर्षित भइन् । पूजाले कलिउडमा सन् २०१२ मा आएको फिल्म ‘थ्री लभर्स’बाट पाइला राखेकी हुन् । 

पूजाले सन् २०१४ मा रिलिज भएको फिल्म ‘मधुमास’बाट सोलो हिरोइनको रुपमा डेब्यु गरेकी हुन् । पूजाले त्यही बर्ष अलोक नेम्बाङ निर्देशित फिल्म ‘अझै पनि’मा पनि काम गरिन् । 

यसबीच उनी विभिन्न म्युजिक भिडियोहरुमा पनि देखिइन् । यसपछि, सन् २०१५ मा पूजा फिल्म ‘चंखे शंखे पंखे’मा देखिइन् । 

सन् २०१६ मा आएको हिट फिल्म ‘प्रेम गीत’बाट पूजा शर्माले ठूलो सफलता हात पारिन् । यो फिल्म सर्वाधिक कमाउने नेपाली फिल्म मध्ये एकमा पर्छ । यस फिल्ममा अभिनेता प्रदिप खड्का र पूजाको जोडी निक्कै मनपराइयो । 

त्यसपछि, गत बर्ष २०१७ मा सर्वाधिक सफल भएको फिल्म ‘म यस्तो गीत गाउँछु’मा पूजा देखिइन् । यस फिल्ममा अभिनेता पल शाहसँग पनि पूजाको जोडीलाई खुब मन पराइएको छ । 

हिजोआज पुजा फिल्म ‘रामकहानी’को काममा व्यस्त छिन् । फिल्ममा लभर ब्वाई आकाश श्रेष्ठसँग पूजाले रामान्स गर्दैछिन् । यो फिल्म आगामी भाद्र २२ गते रिलिज हुने तयारीमा छ । 

अभिनेत्री पूजाले चर्चित पप गायक अनिल सिंहसँग गीत पनि गाएकी छिन् । सन् २०१६ मा यो गीत रिलिज गरिएको थियो । पूजाले फिल्म ‘प्रेम गीत’बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिसकेकी छिन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर