• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

कस्तुरीको बिनासहित ४ जना पक्राउ 

काठमाडौं । प्रहरीले कस्तुरीको बिनासहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत दरबारमार्गबाट खटिएको प्रहरी टोलीले कस्तुरीका ३ वटा बिनासहित चार जनालाई बुधबार साँझ ६ बजे ठमेलको ज्याठाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको साविकको भुम्लु गाविस–४ घर भई काठमाडौं स्वयम्भू बस्दै आएका २८ वर्षीय दीपक नेपाल, रामेछापको साविकको गोकुलगंगा गाविस–६ घर भई सिनामंगल बस्दै आएका १८ वर्षीय अर्पण सुनुवार, रामेछापको साविकको बेथान गाविस–४ का १७ वर्षीय उज्वल पाण्डे र सल्यानको साविकको कालागाउँ गाविस–३ घर भई चावहिल बस्ने २२ वर्षीय जीवन बस्नेत छन् । 

उनीहरु बिना बेच्न हिँडिरहेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर