फिल्म ‘कथा काठमाडौं’को दोश्रो गीत रिलिज (भिडियोसहित)

काठमाडौं । असोज १२ गते रिलिज मिति तय गरेको फिल्म ‘कथा काठमाडौं’को ‘जुन अनि तारा’ बोलको दोश्रो गीत युट्यवमा रिलिज गरिएको छ । 

‘सिरियस’ भावको यस गीतमा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुषमान जोशी, संजोग कोइराला, सन्ध्या केसी आदीले फिचरिङ गरेको छन् । गीतमा गायक सुगम पोखरेलले आवाज दिएका छन् । गीतमा दिपेश सुब्बाले संगीत भरेका छन् भने ईशान सुब्बाको शब्द रहेको छ । 

यसअघि रिलिज भएको यस फिल्मको पहिलो गीत ‘रातको कुरा’को भिडियोमा देखाइएका दृश्यका कारण निक्कै चर्चा र विवादमा आयो । दृश्यका कारण भिडियोलाई एज बार लगाउनु पर्ने पनि बताइएको थियो । तर, फिल्मका अभिनेता प्रमोद अग्रहरीले त्यो सिन राख्नुपछाडि लजिक रहेको जुन फिल्म हेरेपछि प्रस्ट हुने बताएका छन् ।  

फिल्म ‘कथा काठमाडौं’को लेखन तथा निर्देशन संगीता श्रेष्ठले गरेकी हुन् । फिल्ममा संगीत मोहित मुना, कमल खत्री, प्रदीप बास्तोला र सुरज विक्रम थापाको रहेको छ । फिल्मलाई लुज सिंहले सिनेमाटोग्राफी गरेका छन् । फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुषमान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी आदी कलाकारको मुख्य भूमिका रहेको छ । 

हेर्नुहोस् भिडियोः 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर