फिल्म ‘कहिँ कतै’को देश दौडाहा पोखरामा

पोखरा । फिल्म ‘कहिँ कतै’ आउँदो २५ गते देखि देशभर एकै साथ प्रदर्शन हुदैछ । बिहीबार पोखरामा फिल्मको प्रमोशनार्थ पत्रकार भेटघाट गर्दै फिल्म युनिटले देशभर एक साथ प्रर्दशन हुन लागेको छ ।

आफू सिमापारिको भए पनि मन भने नेपाली नै रहेको फिल्मकी निर्मात्री तथा नायिका समेत रहेकी उमा गिरीले बताइन् । नयाँ कलाकारलाई अघि बढ्न प्लाट फर्म दिन पाउँदा खुसि लाग्ने उनले सुनाइन् । ‘१४ वर्ष भयो यो क्षेत्रमा लागेको,’ उनले भनिन्, ‘नयाँ आउँने कलाकारलाई ठाउँ दिन पाउँदा खुसि लाग्छ ।’

सिमा पारी भएर पनि कसरी देशलाई माया गर्न सकिन्छ भन्ने फिल्मको मुल बिषयबस्तु रहेको उनले सुनाइन् । ‘फ्याम्ली ड्रामा भएकाले पनि एक पटक सबैले हेर्नुपर्छ’, उमाले भनिन् । फिल्मका नायक किशोर खतिवडाले फिल्म निकै राम्रो बनेको बताए । फिल्मको बिषवस्तु फ्याम्ली ड्रामा भएकाले पनि सबै दर्शकको माया पाउने अपेक्षा रहेको उनको भनाई थियो ।

नव नायक सोनम बरफुङ्गाले फिल्मप्रति निकै आशावादि रहेको बताए । यसअघि उनी सिक्किममा ¥याम मोडलिङ्ग गर्थे । नायिका सिवानी गिरीले फिल्म निकै राम्रो बनेको सुनाइन् । नायक दिलिप रायमाझी र निर्देशक सबिर श्रेष्ठ भने अनुस्थित थिए । फिल्म रिलिजको सँघारमा रहेको हुनाले उनीहरु उपस्थित हुन नसकेको फिल्म युनिटले जानकारी दियो ।

फिल्मको अधिकाशं छायांकन सिक्किम गरिएको छ । फिल्ममा करिब १ करोड बराबरको लगानी रहेको निमार्ण युनिटले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर