• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

१३ वर्षपछि आफ्नी मालिक्नी कहाँ फर्किइन् बिराली

एजेन्सी । सन् २००५ मा इंग्ल्याण्डको वेस्ट योर्कबाट एक बिराली हराएको थियो । त्यस बिरालीको नाम थियो ‘बू’ । रोचक कुरा के छ भने १३ वर्षपछि त्यो बिराली फेरि पुरानो मालिक्नी कहाँ फर्किएको छ । 

जनेट अदमोविजलाई एक दिन फोन आयो र उसको बिरालो बू भेटिइएको बताइयो । बिरालो भेटिएको ठाउँ उनको घरभन्दा ६४ किलोमिटर टाढा ईस्ट यार्कमा पर्छ । 

बूको उमेर १७ वर्ष भइसकेको छ । अब उनी निक्कै बुढी भइसकिन् । जेनटका अनुसार, आजकाल बु निक्कै अनौठो महशुस गर्छिन् । यद्यपी, आफ्नी मालिक्नी जेनटलाई चिन्छिन् । 

जेनटले अन्य दुई बिरालो पनि पालेकी छिन् । बु आएकोमा उनी त खुशी छिन्, तर उनका अन्य दुई बिरालो बेखुशी देखिन्छन् । 

खबर अनुसार, बुको शरीरमा एक माइक्रो चीप लगाइएको थियो । जसका कारण बुको मालिक्नीले पत्ता लगाउन सकिन् । १३ वर्षसम्म यो बिराली आवारा बिरालाहरु जसरी रहिन् वा त त्यस्तो इलाकामा थिइन्, जसमा उनलाई खाना दिइन्थ्यो ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर