• सोमबार ५-४-२०७५/Monday 08-20-2018/ 09:04 pm

प्रकाण्डलाई रिहा गर्न माग मालेको माग

काठमाडौं । नेकपा (माले) ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न सरकारसँग माग गरेको छ । 

पार्टी महासचिव सिपी मैनालीले बिहीबार प्रेस विज्ञप्ति जारी गरी विश्वकर्मा र उनीसँगै गिरफ्तार गरिएका सबैलाई तत्काल विनाशर्त रिहा गर्न आग्रह गरेका छन् ।  

विज्ञप्तिमा शान्तिपूर्णरुपमा आफ्ना विचार राख्न र पार्टी सञ्चालनका निम्ति स्वेच्छिकरुपमा आर्थिक सहयोग संकलन गर्न पाउने अधिकारमाथि कुनै पनि बन्देज लगाउन नहुने भनिएको छ । प्रहरीले जबर्जस्ती चन्दा असुलीको आरोपमा विश्वकर्मासहित तीन जनालाई बुधबार दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा पाकिस्तानी समकक्षीलाई बधाई

  • ४ भदौ, २०७५

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तानका विदेशमन्त्रीमा नियुक्त भएका मख्दुम साह मोहम्मद कुरेसीलाई बधाई तथा शुभकामना दिएका

सामूहिक बलात्कार गर्ने ५ जना पक्राउ 

  • ४ भदौ, २०७५

चितवन । सामूहिक बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना जारी गरी गत

नेकपाको मजदुर सङ्गठनको एकता लम्बियो

  • ४ भदौ, २०७५

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय सङ्गठनको एकता चाँडै गर्ने अन्तिम गृहकार्य गरे पनि मजदुर सङ्गठनको एकता भने लम्बिने भएको छ