• बुधबार ७-७-२०७५/Wednesday 10-24-2018/ 06:33 am

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ । 

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए ।

अडियो सेवा नेपाल टेलिकमबाट निःशुल्क रुपमा उपलब्ध हुनेछ । नोटिस बोर्डमा स्थानीय तहका काम कारवाही, सूचना र जानकारीमूलक कुरा सेवाग्राहीले सजिलै पाउने उनले बताए ।  

‘‘एक जना कर्मचारीको आवाजमा स्थानीय तहका सूचना र जानकारीमूलक कुरा रेकर्ड गरेर नोटिस बोर्डमा राखिन्छ’’ सूचना तथा प्रविधि शाखाका कम्प्युटर अधिकृत देवेन्द्रकुमार झाले भने, ‘‘यसरी राखिएको नोटिस बोर्डको सूचनालाई सेवाग्राहीले २४ घण्टा फोन गरेर सुन्न सक्दछन् ।’’ 

नोटिस बोर्डमा २ देखि ३ मिनेटसम्मको आवाज रेकर्ड गरेर राखिन्छ । 

सामजिक सुरक्षा भत्ता लगायत सूचनाहरुसमेत नोटिस बोर्डमा राखिने उनले जानकारी दिए ।  

टेलिकमले उपलब्ध गराएको ल्याण्डलाइन फोनमा सेवाग्राहीले फोन गरेपछि नोटिस बोर्डबाट स्थानीय तहका गतिविधिसमेत जानकारी पाउने छन् । 

उक्त ल्याण्डलाइन नम्बरमा फोन गर्नका लागि निःशुल्क रुपमा व्यवस्था गरिएको कम्प्युटर अधिकृत झाले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

महिलाद्धारा पत्रकारमाथि तेजाब प्रहार

  • ७ कार्तिक, २०७५

पर्सा । वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुकामाथि  मंगलबार अपराह्न एक महिलाले तेजाब प्रहार गरेकी छन्

'मापसे' गरेर सर्वसाधारण कुट्ने वडाध्यक्षमाथि सार्वजनिक मुद्दा

  • ६ कार्तिक, २०७५

ओखलढुङ्गा । स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ

बिहे गरेको ११ दिनमै स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

  • ६ कार्तिक, २०७५

स्याङ्जा । स्याङ्जाको मालुङ्गा नजिकै मंगलबार लु ३७ प ३०९० नम्बरको स्कुटीलाई विपरित दिशाबाट आइरहेको लु १ च ७२५६ नम्बरको जीपले ठक्कर दिदाँ दुर्घटना