• सोमबार ५-४-२०७५/Monday 08-20-2018/ 09:04 pm

''प्रकाण्ड' अपराधि हुन् त्यसैले पक्राउ गरियाे'-गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको बताएका छन् । चितवनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरेको बताए ।  

“कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”उनले भने ।  एक प्रश्नमा मन्त्री थापाले भने,  “म गृहमन्त्री हो, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।” विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको पनि उनले बताए।  सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिकरुपमा र प्रशासनिकरुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले बताए ।  

भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न सफल भएको उनले बताए । गृह मन्त्रालयमा प्राप्त रिपोर्टअनुसार उक्त घटना मुठभेडबाट भएको भन्दै उनले भने, “फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ ।” 

सुन तस्करीको अनुसन्धान जारी रहेको भन्दै मन्त्री थापाले तस्कर नछुट्ने पनि बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पेस्तोल र ४ राउण्ड गोलीसहित तीनकुनेमा ७ जना पक्राउ 

  • ४ भदौ, २०७५

काठमाडौं । तीनकुनेबाट प्रहरीले एउटा पेस्तोल र ४ राउण्ड गोलसहित सात जनालाई पक्राउ गरेको छ । तिनकुने स्थित ए–वान क्याफेबाट पेस्तोल र गोलसहित सात

प्रकाण्डलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

  • ४ भदौ, २०७५

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई २४ घण्टाभित्र आदालतमा

निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने युवक पक्राउ 

  • ४ भदौ, २०७५

काठमाडौं । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने युवक पक्राउ परेका छन् । पन्तको हत्या भएको २५