अभिनेता कमल हसन राजनीतिमा आउन तयार

मुम्बर्इ । भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारीमा छन् । झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गर्नु भएको छ । उहाँलाई भारतको फिल्म क्षेत्रमा सम्मानित दिइने व्यक्तिका रुपमा लिइन्छ । 

फिल्म सेन्सरसिपको झमेलामा पर्नुभएका ६३ बर्षीय हसनले हालै आफ्नो नयाँ राजनीतिक पार्टी गठन गरेका छन् । उनले सो पार्टी मार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना पनि बताएका छन् । 

‘यस्तो देशभरी नै भइरहेको छ, यो निकै चुनौतीपुर्ण पनि छ, सवै कलाकारले अव आफ्नो अधिकारका लागि बोल्ने छन्,’ एउटा अन्तर्वार्तामा उनले तमिलनाडुमा भने । 

थपु्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका र ‘बक्स अफिस’मा लोकप्रियता हासिल गरेका कलाकारहरुले त्यो लोकप्रियतालाई मतपेटिकामा रुपान्तरण गर्ने अपेक्षा गरिएको छ । 

हसनले ‘मक्का निधी मैम’ नामक पार्टी गत फेब्रुअरीमा गठन गर्नुभएको थियो । तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ । 

यो पार्टीले आगामी आम निर्वाचनमा पहिलो पटक भाग लिने बताइएको छ । सन् २०१९ मा हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेगरी प्रतिस्पर्धा गर्ने भएका छन् । 

हसनले आफ्नो पार्टी वाक स्वतन्त्रताका लागि लड्नुका साथै धार्मिक विविधताको राष्ट्रिय विषेशताको रक्षाका लागि क्रियाशिल रहेको बताएका छन् । 

मैले अहिलेको अवस्थालाई चुनौती दिन चाहन्छु, मैले केन्द्रियताका लागि यो गरिरहेको छैन, मेरो उद्धेश्य पुरा भएपछि मैले राजीनामा दिन चाहन्छु, उनले भने । 

हसनले भारतका तमिल, तेलुगु, मालायालाम र हिन्दी भाषाका धेरै फिल्महरु उत्पादन गर्ने, निर्देशन गर्ने र गित गाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर