प्रदेश २ मा संसदीय मामिला पत्रकार समाज गठन, अध्यक्षमा मनिका झा

नेहा झा/जनकपुरधाम । प्रदेश २ मा संसदीय मामिला पत्रकार समाज गठन भएको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाकी उपाध्यक्ष एवं अन्नपूर्ण पोष्ट दैनिककी समाचारदाता मनिका झाको नेतृत्वमा संसदीय रिर्पोटिङ सक्रिय पत्रकारहरु मध्यबाट ९ सदस्यीय समिति गठन भएको हो ।

नेपाल पत्रकार महासंघको समन्वयमा भएको भेलाले समितिको उपाध्यक्षमा दैनिक जनकपुरका कैलाश दास, सचिवमा टीभी टुडे जनकपुरका दीपक कर्ण, कोषाध्यक्षमा उज्यालो नेटवर्कका शैलेन्द्र महतो क्रान्तिलाई चयन गरेको छ । त्यसैगरि समितिको सदस्यमा माउन्टेन टीभीका बटुकनाथ झा, थाहा सञ्चारका गोविन्द महतो, अप्पन टीभीका संजय साह, कान्तिपुर टीभीका वृषेश यादव र सामाचार दैनिककी नेहा झा सर्वसम्मतिले चयन भएका छन् । 

समितिको सल्लाहकारमा पत्रकार महासंघ प्रदेश दुईका महासचिव किरण कर्ण, धनुषा शाखाका अध्यक्ष अनिल मिश्र, राससका हिमांशु चौधरी, रेडियो नेपालका अजय झा, कान्तिपुर दैनिकका श्यामसुन्दर शशी, लोकान्तरका अजय अनुरागी, तराई टाईम्सका विरेन्द्र रमण र नेपाल टेलिभिजनका श्रीनारायण साहलाई चयन गरिएको छ ।

संसदको समाचार संकलनमा सहजता होस् भन्ने उद्देश्यलेसंसदीय मामिला पत्रकार समाजको गठन भएको हो । नेपाल पत्रकार महासंघ धनुषा शाखा र नेपाल पत्रकार महासंघ प्रदेश दुईको उपस्थितिमा संसदीय मामिला पत्रकार समाज प्रदेश २ गठन भएको हो । 


 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर