• सोमबार ५-४-२०७५/Monday 08-20-2018/ 09:05 pm

जथाभावी बढाएको कर संघीय सरकारले सच्याउँछ – मन्त्री अर्याल

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले तीन तहका सरकारले गरेको कर बृद्धिमा समायोजन गर्ने बताएकी छन् । ‘सरकारले कर बढायो भनेर धेरै नै आलोचना हुने गरेको छ,’ मन्त्री अर्यालले भनिन् –‘जनताले कर त तिर्नैपर्छ । तर एकैपटक धेरै बढाउदा, विरोध आएको छ, यसरी जथाभावी बढाएको कर संघीय सरकारले सच्याउँछ ।’ उनले स्थानिय सरकारले जथाभावी कर बढाएको व्यापक गुनासो आएले संघीय सरकारले सच्याउने बताइन् ।

अनलाइन पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भदौ १५ पछि सरकारले जनतालाई अनुभुती हुने गरेर एक्सनमा काम गर्ने बताइन् । उनले विपक्षीका कारण सरकारले सोचेजस्तो काम गर्न नपाएको गुनासो समेत गरीन् । विपक्षीले साना साना कुरामा पनि संसद अबरुद्ध गर्ने, अदालतमा रिट हाल्ने लगायतका कामले गर्दा सरकारले सोंचेजस्तो काम गर्न नसकेको बताइन् ।

सांसदलाई बोल्न नदिएको सामान्य विषयमा समेत बिपक्षीले संसद अबरुद्ध गर्दा सरकारलाई काम गर्न अप्ठोरो पर्ने गरेको उनको भनाई छ । उनले सरकार गठन भएको ४ महिना मात्र भएकाले अहिले नै सरकारको कामको मूल्यांकन गर्ने बेला आइनसकेको भनाई छ ।

उनले सहकारीमा संकलित पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने बताइन् । सहकारीको समग्र व्यवस्थापन गर्न आवश्यक कानून निर्माणको सरकारले तयारी थालेको उनको भनाई थियो ।


 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शेयर बजार ओरालो

  • ४ भदौ, २०७५

काठमाडौं । शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से शिरसूचक ८ दशमलब २२ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा

नेपाल र चीनबीचको ऊर्जा आदानप्रदान समझदारी कार्यान्वयन सुरु

  • ४ भदौ, २०७५

काठमाडौं । सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदान–प्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया सुरु गरेको छ । नेपालको ऊर्जा

तरकारीमा बिचाैलिया : किसानसँग १८ मा किन्ने उपभाेक्तालाई १ सय ३० मा बेच्ने

  • ४ भदौ, २०७५

काठमाडौँ  । तरकारीमा समेत सिन्डिकेटका कारण धादिङ र मकवानपुरबाट प्रतिकिलो औसत १८ रुपैयाँमा काठमाडौं आउने काउलीलाई उपभोक्ता १३० रुपैयाँसम्म तिर्न