जथाभावी बढाएको कर संघीय सरकारले सच्याउँछ – मन्त्री अर्याल

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले तीन तहका सरकारले गरेको कर बृद्धिमा समायोजन गर्ने बताएकी छन् । ‘सरकारले कर बढायो भनेर धेरै नै आलोचना हुने गरेको छ,’ मन्त्री अर्यालले भनिन् –‘जनताले कर त तिर्नैपर्छ । तर एकैपटक धेरै बढाउदा, विरोध आएको छ, यसरी जथाभावी बढाएको कर संघीय सरकारले सच्याउँछ ।’ उनले स्थानिय सरकारले जथाभावी कर बढाएको व्यापक गुनासो आएले संघीय सरकारले सच्याउने बताइन् ।

अनलाइन पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भदौ १५ पछि सरकारले जनतालाई अनुभुती हुने गरेर एक्सनमा काम गर्ने बताइन् । उनले विपक्षीका कारण सरकारले सोचेजस्तो काम गर्न नपाएको गुनासो समेत गरीन् । विपक्षीले साना साना कुरामा पनि संसद अबरुद्ध गर्ने, अदालतमा रिट हाल्ने लगायतका कामले गर्दा सरकारले सोंचेजस्तो काम गर्न नसकेको बताइन् ।

सांसदलाई बोल्न नदिएको सामान्य विषयमा समेत बिपक्षीले संसद अबरुद्ध गर्दा सरकारलाई काम गर्न अप्ठोरो पर्ने गरेको उनको भनाई छ । उनले सरकार गठन भएको ४ महिना मात्र भएकाले अहिले नै सरकारको कामको मूल्यांकन गर्ने बेला आइनसकेको भनाई छ ।

उनले सहकारीमा संकलित पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने बताइन् । सहकारीको समग्र व्यवस्थापन गर्न आवश्यक कानून निर्माणको सरकारले तयारी थालेको उनको भनाई थियो ।


 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर