निकले स्विकारे प्रियंकासँगको इन्गेजमेन्ट

एजेन्सी । पछिल्लो केही समयदेखि अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको सम्बन्धलाई लिएर चर्चा जारी छ । उनीहरुले सुटुक्क इन्गेजमेन्ट गरिसकेको बताइदै आएको छ । 

यसबारे प्रियंकालाई प्रश्न सोध्दा भड्किँदै आएकी छिन् र उनले आफ्नो नीजि जिन्दगी हो र यसबारेमा कसैप्रति जवाफदेही नभएको बताउछिन् । तर, अब यस खबरलाई निकले घुमाउरो पारामा स्विकारेका छन् । 

एक पत्रकारले निलाई प्रियंकासँग उसको इन्गेजमेन्टलाई लिएर शुभकामना दिए, जसमा निकले ‘धन्यवाद’ जवाफ दिए । यसलाई निकको इन्गेजमेन्टको खबरप्रति उनको अप्रत्यक्ष सहमति मानिएको छ ।   

निकले कुराकानीका क्रममा आफू अब चाँडै आफ्नो परिवार बनाउन चाहेको पनि बताए । उनले भने, ‘आफ्नै परिवार बनाउनु मेरो लक्ष्य हो । यो एक स्वाभाविक यस्तो कुरा हो जुन अब म चाहान्छु ।’

यद्यपी, निकले यससँगै विवाहको समयलाई लिएर भने अहिले केही पनि भन्न  नसक्ने पनि बताए । उनले भने, ‘म यसको सही समयबारे भने भन्न सक्दिन ।’

निकसँगको सम्बन्ध विस्तारका कारण प्रियंकाले फिल्म ‘भारत’ छोडेकोमा अभिनेता सलमान खान निक्कै रिसाएको बताइदै आएको छ । प्रियंकाले ‘भारत’मा मुख्य भूमिका निभाउने बताइएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर