• सोमबार ५-४-२०७५/Monday 08-20-2018/ 09:02 pm

अब काठमाडौंमा पार्किङ सहज हुने

काठमाडौं । मुख्य समस्याका रुपमा रहेको काठमाडौं उपत्यकाको यातायातको साधन पार्किङमा अब सहज हुने भएको छ । 

काठमाडौँ महानगरपालिकाले पार्किङ व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माणको तयारीमा जुटेसँगै उक्त समस्यामा कमी आउने भएको हो । कामपाले अहिले उक्त पार्किङस्थल पहिलो चरणमा नयाँ सडक, धर्मपथमा निर्माण गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । 

आगामी हप्ता बोलपत्रका लागि सूचना गरिने र त्यसको एक महिनापछि प्रक्रियानुरुपका कम्पनीलाई निर्माणको जिम्मा दिइने कामपा सार्वजनिक एकाइ प्रमुख महेश काफ्लेले जानकारी दिए । 

पहिलो पटक परीक्षणका रुपमा गरिने उक्त पार्किङस्थलको प्रभावकारिता हेरी अन्य स्थानमा पनि निर्माण गरिने कामपा सार्वजनिक प्रमुख काफ्लेले जानकारी दिए । उनका अनुसार यस किसिमको पार्किङ अत्यन्तै सुविधासम्पन्न हुन्छ । 

कोही व्यक्ति नयाँ सडक जान लागेको छ भने अन्य कुनै स्थानबाट पहिले नै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सकिन्छ । कारणवश अन्य व्यक्तिले पहिले नै बुक गरिसकेको भए सो स्थानमा सवारी साधन पार्किङ गर्न लगेमा त्यहाँ ठाउँ पाइनेछैन । 

दर्ता गरिएको सवारी साधनको नम्बर सही छ वा छैन भनी ‘सेन्सर मेशिन’ले जाँच गर्ने भएकाले दर्ता भएको सवारी साधन मात्र पार्क गर्न सकिन्छ । जुन सवारीसाधनको नम्बर दर्ता भएको छ, उक्त सवारीसाधनले मात्र उक्त स्थानमा पार्किङको सुविधा लिन पाउने काफ्लेले बताए । 

नयाँ सडकमा विशालबजार अगाडि रहेको खाली स्थानमा पार्किङ स्थल निर्माण गर्ने तयारी पनि कामपाको छ । उक्त पार्किङस्थलमा एकै पटकमा सानाठूला गरी झण्डै एक हजार सवारी साधन राख्न मिल्नेछ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पेस्तोल र ४ राउण्ड गोलीसहित तीनकुनेमा ७ जना पक्राउ 

  • ४ भदौ, २०७५

काठमाडौं । तीनकुनेबाट प्रहरीले एउटा पेस्तोल र ४ राउण्ड गोलसहित सात जनालाई पक्राउ गरेको छ । तिनकुने स्थित ए–वान क्याफेबाट पेस्तोल र गोलसहित सात

प्रकाण्डलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

  • ४ भदौ, २०७५

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई २४ घण्टाभित्र आदालतमा

निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने युवक पक्राउ 

  • ४ भदौ, २०७५

काठमाडौं । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने युवक पक्राउ परेका छन् । पन्तको हत्या भएको २५