• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेकपाको सरकार नबनेको भए देश दुर्घटनामा पर्थ्यो–प्रम ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकार नभएको भए देश भयानक संकटमा पर्ने टिप्पणी गरेका छन् । अघिल्लो सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पु¥याएको थियो भन्दै उनले अब चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने दावी गरे ।

प्रदेश ५ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेकपाको प्रतिनिधित्व गर्ने सांसदहरुसँग सिंहदवारस्थित कार्यालयमा भेटघाट गर्दै उनले भने, “हामीले विकास र निर्माणका ठूला–ठूला योजना ल्याएका छौं, शिक्षा र स्वास्थ्यका क्षेत्रमा अभियानहरु सुरु गरेका छौं ।” प्रधानमन्त्री ओलीले अगाडि भने, “कसैलाई कम्युनिष्ट पार्टीको सरकार बनेकोमा असैह्य भएको हुन सक्छ, तर जनताले विश्वास गरेर सुविधाजनक वहुमत प्रदान गरेको अवस्थामा हामीले देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउनु पर्छ ।”  

कार्यक्रममा सांसदहरुले प्रदेश ५ का वाढी, डुवान, जंगली जनावारका आक्रमण, सिंचाइ र बाटोघाटो आदि विषयमा सरकारको ध्यानाकार्षण गराएका थिए 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर