• बुधबार ७-७-२०७५/Wednesday 10-24-2018/ 06:33 am

मोनोरेल सञ्चालनबारे चिनियाँसँग छलफल

बुटवल।  बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रलाई बौद्ध सर्किटका माध्यमबाट जोड्न मोनोरेल सञ्चालनका सम्भाव्यता बारेमा चिनियाँ रेलबे कम्पनीको टोलीसँग  प्रदेश ५ को सरकारले छलफल गरेको छ । 

मुख्यमन्त्री शंकर पोखरेलसँग चाइना रेलबे इन्टरनेशनल ग्रुपकाे एक टोलीले शुक्रबार भेट गरी रामग्राम–लुम्बिनी–कपिलवस्तु बुद्धसर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययनबारे छलफल गरेको हो । 

भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको सम्भावना प्रचुर रहेको र प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकाले काम गर्ने वातावरण तयार भएको बताए ।  

उनले  बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकाले सम्भाव्यता अध्ययनबारे छलफल गरी अघि बढ्न सकिने बताए । मुख्यमन्त्री पोखरेलले मोनोरेलको सम्भाव्यता अध्ययनका विषयमा लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठ र मुख्यमन्त्री कार्यालयका सचिव वसन्त अधिकारीसँग छलफल गरी अघि बढ्न चिनियाँ टोलीलाई आग्रह गरिएको जानकारी दिए ।  

मुख्यमन्त्रीसँगको भेटमा चाइना रेलबे इन्टरनेशनल गु्रपअन्तर्गतको चाइना ओभरसिज ग्रुपका नेपाल शाखा महाप्रबन्धक वाङ यु श्वे र चाइना रेलबे इन्टरनेशनल गु्रपका अर्थशास्त्री याङ क्वाङसहितको टोली सहभागी थियो । 

चाइना ओभरसिज गु्रपका नेपाल शाखा महाप्रबन्धक वाङ यु श्वेले बुद्ध सर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययनबारेमा प्रदेश सरकारसँग छलफल गर्दै अघि बढेर निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाए । त्यस अवसरमा चिनियाँ टोलीले मोनोरेलको सम्भावनाबारे प्रस्तुति गरेको थियो । 

मुख्यमन्त्रीसँगको छलफलमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी, भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, प्रमुख सचिव तीर्थ ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठ, लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णु ढकाल र मन्त्रालयका सचिवहरु सहभागी थिए ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गण्डकी प्रदेशका युवा पत्रकार एकतृत 

  • ६ कार्तिक, २०७५

पोखरा । गण्डकी प्रदेशका युवा पत्रकार एकतृत भएका छन् ।  मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरामा भएको युवा पत्रकारको भेलाले सुशान्त गाहामगरको

प्रचण्डको अगाडि मुख्यमन्त्री राउतले पोखे आक्रोश, भन्छन्–‘सिंहदरबारका सिंह बाउण्ड्रीसम्म पार गर्न सकेन’

  • ६ कार्तिक, २०७५

नेहा झा / जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको रवैयाका कारण प्रदेश दुईका जनता विभेदमा परेको आरोप लगाएका छन्

प्रदेशले ओभरटेक गर्दा दुर्घटना निम्तिन सक्छ: अध्यक्ष प्रचण्ड

  • ६ कार्तिक, २०७५

नेहा झा / जनकपुरधाम  । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा आउन लागेको नयाँ युगको नेतृत्व प्रदेश २ ले गर्ने दावी