• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

ट्रक खस्दा २ काे मृत्यु

चितवन । नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत चितवनकाे भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । 

आज बिहान ४ः४० बजे भारतबाट काठमाडाैंका लागि छुटेकाे एमएच-४२ टी ०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट  खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा परी ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ । 
चालकको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा बिहान  मृत्यु भएको र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा भारत बलरामपुरकै करिव ४० वर्षका फिरोज आलम घाइते भएको र उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर