• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सुनको सिक्री र लागू औषधसहित २ जना समातिए

काठमाडौं । प्रहरीले सुनको सिक्री र लागू औषधसहित दुई जनालाई काठमाडौंको नरदेवीबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत जनसेवाबाट खटिएको प्रहरीले लागू औषध बेच्न हिँडिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा  काठमाडौंको नरदेवी घर भएका ३२ वर्षीय सबिर मगर र सोही ठाउँका २६ वर्षीया सलेष्टी मगर छन् । प्रहरीले सलेष्टी मगरेको साथबाट लुकाएर राखेको अवस्थामा  चरेश जस्तो देखिने ६० ग्राम चिप्पड र १४ ग्रामको सुनको सिक्री बरामद गरेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर