• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

रोएिकन टिपर आतंक : भक्तपुरमा फेरि १ जनाको मृत्यु

काठमाडौं । टिपरको ठक्करबाट फेरि भक्तपुरमा एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकाशे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि सार्ने क्रममा ठक्कर दिँदा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सार्दा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सदायको उपचारका क्रममा राति १ बजे राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा मृत्यु भएको जानकारी दिए । ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । टिपरको ठक्करबाट धेरैको मृत्यु हुन थालेपछि सरकारले दिनभर काठमाडौं उपत्यकाभित्र टिपर चलाउन रोक लगाएको थियो । तर पनि टिपरको ठक्करका कारण मृत्यु हुने क्रम भनभे रोकिएको छैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर