• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

जुत्ता लगाएपछि तपाईको पनि खुट्टा गन्हाउछ ? यस्ता छन् हटाउने ६ उपाय

काठमाडौं । गर्मीमा देखा पर्ने एउटा समस्या हो जुत्ताबाट आउने गन्ध । अफिस होस् या घर जुत्ताबाट खुट्टा निकाल्दा वित्तिकै नराम्रो गन्ध आउँन थाल्छ । कतिपय अवस्थामा आफ्नो गन्हाउने जुत्तादेखि आफै लज्जित हुनुपर्ने हुन्छ । खुट्टाबाट आउने त्यस्तो गन्धलाई ब्रोमिहाइड्रोसिस पनि भनिन्छ । यस्तो समस्या शरिरमा हुने विभिन्न ब्याक्टेरियाको कारणले हुन सक्छ । त्यसैले यसको समस्या समाधानका लागि यी तरिका अपनाउनुस् ।

१. बेकिंग सोडा - खुट्टाबाट आउने गन्ध हटाउन बेकिंग सोडा अति उपयोगी मानिन्छ । यसले पसिनाको पिएच लेवल सामान्य राखी ब्याक्टेरियालाई नियन्त्रण गर्दछ । हल्का तातोपानीमा बेकिंग सोडालाई मिसाएर १५ देखि २० मिनेटसम्म खुट्टा पानीमा डुवाउनाले समस्या हटेर जान्छ ।

२. वास्नादार तेल - यसले वास्ना दिने मात्र नभई ब्याक्टेरिया मार्नमा समेत सहयोग गर्दछ । हल्का तातो पानीमा केहि थोपा तेल मिसाएर केहि समयसम्म खुट्टामा लगाइराख्नाले गन्ध हट्दै जान्छ ।

३. फिटकिरी - फिटकिरीमा एन्टि सेफ्टिक गुण हुन्छ । जसले व्याक्टेरियालाई रोकी खुट्टाको गन्ध हटाउछ । एक चम्चा फिटकिरी पाउडरलाई एक जग पानीमा मिसाएर खुट्टा धुनाले एकैछिनमा गन्ध हट्छ ।

४. नुन - यसले पसिनाबाट हुने संक्रमणलाई रोक्दछ । यसलाई फिटकिरि सरह प्रयोग गर्न सकिन्छ ।

५. अदुवा - अदुवाको रसले खुट्टामा मालिस गर्नाले गन्ध हटेर जान्छ ।

६. खुट्टा धुने - सबैभन्दा सजिलो र उत्तम उपाय जुत्ता प्रयोग गरिसकेपछि खुट्टा धुने हो । र नियमित जुत्ता अनि मोजा धुने गर्नुस्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर