• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बच्चाको नाम राख्न मतदान नै गर्नुपर्यो !

एजेन्सी । लोकतन्त्रमा चुनावको माध्यमबाट सरकार छान्ने गरिन्छ, तर के तपाईले कुनै परिवारमा बच्चाको नाम राख्नका लागि चुनाव नै गर्नु पर्यो भनेको सुन्नुभएको छ ? भारतमा यस्तै एक घटना भएको छ । 

 

भारतको महाराष्ट्र राज्यको गोदिया जिल्लाका एक दम्पतीले नवजात शिशुको नाम राख्नका लागि आफ्ना आफन्त, छरछिमेकी तथा नातेदारबीच मतदान गराए । मिथुन र मानषी बाग नामका यी दम्पतीले ५ एप्रिलका दिन जन्मिएको बच्चाको नाम राख्नका लागि एक अनौठो तरिका अपनाएका छन् । 

 

बाग दम्पतीले मतदानमा परिवारका सदस्य, आफन्त तथा नातेदारलाई सहभागी गराए र त्यसपछि १५ जुनका दिन मतदान गराए । खासमा बच्चाका लागि तीन वटा नाम आफन्त तथा नातेदारले सुझाएका थिए । दम्पतीले ती नाम भएको मतदान पत्र तयार पारे र मतदान गर्न लगाए । 

 

बुबा मिथुनले बच्चाका लागि तीन नाम यक्ष, युवान र यौविक राख्न सुझावमा पाएको बताए । तर, नामलाई लिएर दोधारमा थिए । त्यसैले मतदान पत्रको प्रयोग गरी नाम राख्ने निर्णय गरेको मिथुनले बताए । 

 

उनका अनुसार, मतदानमा कुल एक सय ९२ मत खसेको थियो र युवान नामलाई बढी ९२ भोट मिलेको थियो । जसपछि बच्चाको नाम युवान राखियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर