• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार 

बिराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले गत आर्थिक वर्ष २०७४/७५ मा ४९ हजार विरामीको निःशुल्क उपचार गरेको छ ।

२०७४ साउनदेखि २०७५ असारसम्म एक वर्षको अवधिमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४९ हजार २ सय ११ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । ग्रामिण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी गत आर्थिक वर्षमा पूर्वी नेपालका गाउँ–गाउँमा ६५ ओटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।     


उनका अनुसार पूर्वका १० जिल्लामा सञ्चालित शिविरबाट २७ हजार ३ सय ६५ महिला र २१ हजार ८ सय ४६ पुरुषको निःशुल्क उपचार गरिएको छ । 

निःशुल्क स्वास्थ्य शिविरमा मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गरिएको छ । शिविरमा ल्याव टेष्ट, ईसीजी र भिडियो एक्सरेपनि निःशुल्क गरिएको थियो ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर