• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

आमाको माया : मरेको बच्चालाई छातिमा राखेर १७ दिनसम्म तैरिरह्यो व्हेल

एजेन्सी । एक खतरनाक व्हेलले आफ्नो मृत बच्चालाई १७ दिनसम्म बोकेर तैरिएपछि आफूबाट उसलाई अलग गर्यो । यस दौरान व्हेलले आफ्नो मृत बच्चालाई आफूसँगै राखेर एक हजार माइलसम्म तैरिरह्यो । 

क्यानडाको भैंकुभर द्धीपमा व्हेलसँग जोडिएको एक अध्ययन केन्द्र छ, जसले उक्त व्हेलको निगरानी गरिरहेको थियो । आफ्नो सन्तानको मृत्युले यस व्हेललाई यसरी आहत बनायो कि उसको व्यवहारमा देखिएको ती क्रिया पहिलो पटक देखियो ।

व्हेलले दुखमा आफ्नो सन्तानको मृत शरीरलाई समान्यतया एक हप्तासम्म आफूसँगै राख्छ । यस व्हेल आमालाई लिएर वैज्ञानिकको भनाई छ, उसले सबै रेकर्ड तोडेको छ । 

यो व्हेललाई जे३५ को नामबाट चिनिन्छ । यसले पछिल्लो केही दिनदेखि विश्वभरको ध्यान आफूतिर तानेको छ । अहिले ती आमा व्हेलको स्वास्थ्य राम्रो रहेको समुन्द्र तटदेखि लिइएको टेलिफोटो डिजिटल इमेजबाट थाहा भएको छ ।

व्हेलले आफ्नो मृत बच्चालाई छातीमा राखेको पहिलो पटक २४ जुलाईमा देखिएको थियो । बच्चा त्यसको केही दिनअघि नै मरिसकेको थियो । यद्यपी, बच्चा व्हेलको मृत्यु के कारणबाट भएको थियो भन्ने पत्ता लागेको छैन । 

क्यानडा र अमेरिकामा किलर व्हेललाई खतरनाक जीवको श्रेणीमा राखिएको छ । हालैका वर्षमा यसको संख्याम नाटकीय रुपले गिरावट आएको छ । बीबीसी
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर