• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

के सूर्यलाई छुने नासाको यान पग्लिदैन ? यस्तो छ नासाको उत्तर

एजेन्सी । गत १२ अगस्टका दिन सूर्यसम्म पुग्ने नासाको ‘पार्कर सोलार प्रोब’ नामक अन्तरिक्षयानको सफलता पूर्वक प्रक्षेपण भइसकेको छ । 

यो अन्तरिक्षयानले सूर्यको बाहिरी वातावरणको रहस्यलाई पर्दाफास गर्ने र अन्तरिक्षको मौसममा पर्ने त्यसको प्रभवालाई जान्नका लागि ७ बर्षको यात्रा तय गर्नेछ ।

प्रक्षेपणको दुई घण्टापछि नासाले एक ब्लगमा लेख्यो, ‘अन्तरिक्षयान अनुकुल स्थितिमा छ र यो आफैँ काम गरिरहेको छ । पार्कर सोलर प्रोबले सूर्यलाई छुने अभियानमा चलिसकेको छ ।

नासा विज्ञान अभियन निर्देशानलयका सह–प्रशासक थोमस जुरबुकानले भने, ‘यो अभियान वास्तविक एक ताराको नजिक मानवको पहिलो यात्रालाई संकेत गर्छ, जसको असर खाली पृथ्वीमा मात्रै पर्नेछैन, यसबाट हामी हाम्रो ब्रह्माण्डलाई अझै बढी र राम्ररी बुझ्न सक्षम हुनेछौं ।’ 

तर, एक महत्वपूर्ण प्रश्न उठ्छ, के सूर्यको नजिक पुग्दा यो अन्तरिक्षयान पग्लिदैन ? 

सूर्यसम्म पुग्न यस यानलाई १३७७ डिग्री सेल्सियस तापक्रमको सामाना गर्नुपर्ने हुन्छ । यसमा थर्मल प्रोटेक्सन प्रणाली लगाइएको छ । सूर्यको भयानक गर्मीबाट अन्तरिक्षयान र उपकरणको सुरक्षा यसमा लगाइएको साढे चार इन्च मोटो कार्बनबाट बनेको एक ढालले गर्नेछ ।

यद्यपी, नासाले आफ्नो एक ब्लगमा भनेको छ, ‘यो यान नपग्लिनुको पछाडि अन्य विज्ञानको तर्कले पनि काम गर्छ । वास्तवमा विज्ञानको भाषामा तापक्रम र गर्मीलाई दुई फरक चीजको रुपमा परिभाषित गर्छ ।
 
कुनै पनि वस्तु कति तातो हुन्छ भन्ने कुरा वातावरणमा कति तापक्रम र कति वस्तु उपलब्ध छन् भन्नेमा भरपर्छ । यदी वातावरण निक्कै खाली छ भने पदार्थमा कम तातो हुन्छ । 

त्यस्तै अन्तरिक्षमा पनि निक्कै कम पदार्थ छन्, त्यसैले अन्तरिक्षयान त्यति तातो हुनेछैन जति सामान्यतया मानिस सोच्छन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर