• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सरकार ! धोवी खोला र बागमतीले काठमाडौं नै डुवायो– प्रकाशमान

काठमाडौं ।  काठमाडौं क्षेत्रनम्बर १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा धोवी खोला र बागमती पसेर डुवाएको भन्दै सरकारको ध्यानआकर्षण गराएका छन् ।

संघीय संसदको प्रतिनिधिसभामा बुधबार विषेश समय लिएर बोल्दै सिंहले खोलाहरुको उचित व्यवस्थापन र बाढी रोकथामको पहल नहुंदा बिजुलीबजार, जागृतीनगर लगायतका स्थानमा घरको भुंईतल्लामा बस्ने जनता डुवानमा परेको बताए । 

‘क्षेत्र नम्बर १ मा पर्ने धोवी खोला र बागमती बढेका कारणले डुवानमा परेका छन् । धेरै ठुलो क्षेती पु¥याएको छ । धोवी खोलाको पानी मात्र हैन हिलो माटो, स्थानीयबासीको घरमा छिरेको छ,’ उनले भने, ‘एकै घरमा कराडौं क्षेती भएको छ, भुईतलामा राखिएका मेसीनहरु ध्वस्त भएका छन् । यस विषयमा सरकारको ध्यान जाओस् ।'

गएराति परेको अविरल पानीले धोवीखोला र बागमतीको सतह ह्वात्तै बढ्दा खोला आसपासका बासिन्दाको घरको भुंइतल्लामा पानी छिरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर