• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जनमुक्ती सेनाका पुर्व सदस्य दिलबहादुरकाे जीवन रक्षाका लागि ६७ लाख हस्तान्तरण

काठमाडौं । साउदी अरेवियाको जेलमा रहेका जनमुक्ती सेनाका पुर्व सदस्य रोल्पाका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि संकलित सहयोग रकम हस्तान्तरण भएको छ ।
अभियानका संयोजक युवा नेता दिपेश पुनसहितको टोलीले संकलन गरेको ६७ लाख रुपैयाँ परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली मार्फत हस्तान्तरण गरिएको संयोजक पुनले जानकारी दिए ।

सो रकम साउदी दूताबास हुँदै मृतकका परिवारले प्राप्त गरेपछि दिलबहादुर रिहाई हुनेछन् ।

विगत तीन महिना अगाडिदेखि सहयोग संकलन अभियान टोलीले घर्तीमगरको जीवन रक्षाका लागि ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनि संकलन अभियान–२०७५’ संचालन गरेको थियो । अभियानका क्रममा विदेश तथा स्वदेशमा गरि रु. १ करोड ४ लाख २६ हजार २ सय २३ रुपैया संकलन गरेको थियो ।

अभियानबाट संकलित मध्य बचेको रकम विशेष कोष बनाएर सामाजिक काममा खर्च गर्ने संयोजक पुनले समाचार दैनिक डटकमलाई बताए । पूर्व जनमुक्ती सेनाका सदस्य रहेका घर्तीको कमजोर आर्थिक अवस्थाका कारण परिवारले क्षतिपूर्तिवापतको रकम तिर्न सक्ने अवस्था नभएपछि युवा नेताहरुले सामाजिक अभियान चलाएका थिए ।

रोजगारीको सिलसिलामा दिलबहादुर घर्तीमगर डिस्टीनी प्लेसमेन्ट सर्भिसेज बानेश्वरबाट बाट साउदी अरबको रियादस्थित कन्ट्रक्ुन कम्पनीमा काम गर्दथे । रियादको दोआद्मी भन्ने ठाउँमा कार्यरत रहँदा सवारी चलाउने क्रममा बाटोमा साउदी नागरिकले चलाएको कारमा ठोक्किदा साउदी नागरिकको मृत्यु भएको थियो ।

२०७३ जेठ ३० गते जेल परेका घर्तीलाई अदालतले ७५ प्रतिशत गल्ती गरेको ठहर गरि देखाई २ लाख २५ हजार रियल मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । हाल उनी क्षतिपूर्ति रकम तिर्न नसकेर साउदी जेलमा जीवन बिताइरहेका छन् । 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर