• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

वाजपेयीः जसले सार्क सम्बन्धलाई पहिलो प्राथमिकतामा राखे 

समाचार दैनिक /काठमाडौं । सन् २००२ मा नेपालमा भएको एघारौ सार्क सम्मेलन ताका भारत र पाकिस्तानको सम्वन्ध त्यति राम्रो थिएन् । सम्वन्ध लगभग अहिलेकै अवस्थामा थियो । तर तत्कालिन भारतिय प्रधानमन्त्री अटल विहारी वाजपेयी सार्क सम्मेलनमा सहभागी भए । 

उनले पाकिस्तानका तत्कालिन प्रधानमन्त्री परवेज मुसरफसँग गला मिलाएको दृश्यले संसारमा नै चर्चा पायो । दुई पक्षिय सम्वन्ध तिक्त भएपनि उनले सार्कलाई वन्धक भने वनाएनन् ।

त्यसपछि सन् २००४मा पाकिस्तानमा भएको सार्कको १२ औं सम्मेलनमा वाजपेयी सहभागी भए । तिनै भारतिय प्रधानमन्त्री वाजपेयीको विहिवार ९३ वर्षको उमेरमा निधन भएको छ । 

आन्तरिक राजनितीमा उनी अब्वल प्रधानमन्त्रीको रुपमा चर्चित रहेका छन् । भारतमा उनले पु¥याएको योगदानको चर्चा भईरहँदा उनले छिमेकी मुलुकहरुसँगको सम्वन्धमा खेलेको भूमिकाको वारेमा पनि कमै वहश भईरहेको छ । क्षेत्रिय दृष्ट्रिकोणले हेर्दा उनले जहिले पनि सार्कलाई उच्च प्राथमिकतामा राखे । 

पाकिस्तानसँगको सम्वन्ध एकदमै तरल हुँदा पनि उनी सार्क सम्मेलनहरुमा सहभागी भईरहे र सार्कका गतिविधीहरुलाई जिवन्त वनाए । यसका ज्वलन्त उदाहरण ११ औ र १२ औ सार्क सम्मेलन हुन् । यस वाहेक उनले पाकिस्तानसँगको सम्वन्ध सुधारका लागि निकै महत्वपूर्ण कदमहरु चाले । 

सन् १९९९ मा पाकिस्तानसँगको सम्वन्ध सुधारका लागि उनले गरेको भ्रमणको अहिले पनि निकै चर्चा हुने गरेको छ । उनले नवाज सरिफ र परवेज मुसरफ दुवैसँग राम्रो सम्वन्धको विकास गरेका थिए । 

त्यसपछि सन् २००१ मा आग्रा सम्मेलन भयो जसले दुईपक्षीय सम्वन्धमा झन न्यानोपन ल्यायो । त्यसपछि सन् २००४ मा पाकिस्तान जाने क्रिक्रेट टोलीलाई उनले भनेका थिए, ‘जानुस जित्नुस तर पाकिस्तानी जनताको मन जित्नुस ।’ आफ्नो प्रधानमन्त्री कालमा उनले जहिले पनि छिमेकीहरुसँगको सम्वन्धलाई उच्च प्राथमिकतामा राखे । 

छिमेकीसँग राम्रो सम्वन्ध नभएमा क्षेत्रिय र विश्व शक्तिराष्ट्र बन्न सम्भव छैन् भन्ने राम्रो हेक्का उनलाई थियो । त्यसलै उनले पाकिस्तान, नेपाल, वंगलादेश लगायतका मुलुकहरुसँगको सम्वन्धलाई जहिले पनि उच्च प्राथमिकता राखे । 

अर्काे छिमेकी मुलुक चीनसँगको सम्वन्धमा पनि उनले महत्वपूर्ण कदम चालेको पाइन्छ । भारत र चीनको विचमा लामो समयदेखि सीमा विवाद रहेको छ । सन् १९९३ मा सीमालाई शान्त पार्ने सम्वन्धी महत्वपूर्ण सम्झौतामा दुवै मुलुकले हस्ताक्षर गरेपछि सीमानामा त्यति ठूलो तनाव भएको छैन् । 

गतवर्ष दोक्लममा केही समय तनाव उत्पन्न भयो । सीमा सम्वन्धी कुवै विवाद उत्पन्न भएमा त्यसलाई हल गर्नका लागि उनले सन् २००२ मा दुवै देशका विशेष प्रतिनिधी रह्ने संयन्त्रको विकास गरे, जुन संयन्त्र अहिले पनि सक्रिया छ । 

सन् २००३ मा नै वाजपेयीको चीन भ्रमणको समयमा दुईपक्षीय सम्वन्धमा सिद्धान्त र सहकार्य सम्वन्धी एक महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर भएको थियो । त्यसैले सार्क र छिमेक नीतिमा उनले देखाएको वाटो पहिल्याउनु नै भारतीय सरकार र  अन्यपक्षले पनि व्यक्त गर्ने उनी प्रतिको सच्चा श्रद्धान्जली हुने छ । यतिवेला भारत र पाकिस्तानको तनावको कारणले सार्कको भविश्य नै अन्योलमा रहेको छ । यस्तो बेला उनले सार्कमा खेलेको भूमिकाको अझ बढि उपादेयता, संझना र प्रशंसा भईरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर