• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रलेस परिसंवादमा सीता शर्मा 

काठमाडौं । प्रलेस परिसंवादको १७ औं शृङ्खलामा साहित्यकार सीता शर्माले प्रगतिशील नेपाली साहित्यमा महिलाको उपस्थिति पछिल्लो समय बढ्दै गएको बताएकी छन् । प्रगतिशील लेखक संघ, केन्द्रीय समितिको आयोजनामा हरेक महिनाको पहिलो शुक्रबार आयोजना गरिने परिसंवादमा ‘प्रगतिशील साहित्यमा नेपाली महिलाको उपस्थिति’ विषयमा छलफल भएको हो ।

संघका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा भएको उक्त कार्यक्रमको औचित्यतामाथि संघ महासचिव आरएम डंगोलले प्रकाश पारेका थिए  । त्यस्तै, संघका कोषाध्यक्ष कृष्णहरि भट्ट, सचिवालय सदस्य आरसी न्यौपाने,  केन्द्रीय सदस्य समिर सिंह, तेजविलास अधिकारी, बिन्दा मैनाली लगायतले जिज्ञासा एवं  मन्तव्य राखेका थिए । 

कार्यक्रममा पूर्वसांसद राधा तिम्सिना, सांसद दिनेश पन्थी, साहित्यकार नानीमैयाँ अधिकारी, तिलक हमाल, पुण्य घिमिरे, बिनु केसी लगायतका स्रष्टाको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन केन्द्रीय उपाध्यक्ष एवं प्रलेस परिसंवाद कार्यक्रमका संयोजक डा. पुष्करराज भट्टले गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर