प्रधानमन्त्री ओलीको विरोध गर्दै राजपाका सांसदद्वारा संसद बैठक बहिष्कार

नेहा झा/ जनकपुरधाम ।

प्रदेश २ को संसदलाई सम्बोधन गर्न जनकपुरधाम आएका प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा राष्ट्रिय जनता पार्टी (राजपा)  नेपालका केही प्रदेशसभा सदस्यले बैठक बहिष्कार गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन अगावै राजपाका सासंदहरु विक्की साह, गौरी यादव, उपेन्द्र महतोलगायतकाले संसद बैठक बहिष्कार गर्दै बाहिरिएका हुन् । मधेशको मागबारे सरकार अझै पनि गम्भीर नभएको भन्दै सासंदहरु बैठक बहिष्कार गरेको बताइएको छ । यसैगरी संसदमा राजपाका प्रदेश २ का प्रमुख सचेतक परमेश्वर साह अनुपस्थित रहेका छन् भने संसदीय दलका नेता जीतेन्द्र सोनल उपस्थित छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर