• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आइसिटी अवार्डबाट ९ जना पुरस्कृत 

काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित शुक्रबार राजधानीमा भएको एक समारोहमा विभिन्न ७ विधामा आइसिटी अवार्ड प्रदान गरियो । विभिन्न विधामा सर्वोत्कृष्ट भएका विजयीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित अतिथिहरुले सम्मान गरेका थिए ।

कसलाई कुन अवार्ड ?

आइसिटी अवार्डमा कुल ७ विधा रहेका थिए । यसअन्तर्गत आइसिटी स्टार्टअप अवार्ड, आइसिटी प्रडक्ट अवार्ड, आइसिटी पायोनियर अवार्ड, आइसिटी आन्ट्रप्रनर अवार्ड, आइसिटी डायस्पोरा अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी मिडिया रिकग्निसन अवार्ड रहेका थिए । साथै स्टार्टअप र प्रडक्ट अवार्डमा एक कम्पनीलाई जुरी स्पेशल मेन्सन अवार्ड पनि प्रदान गरिएको थियो । सबै विधामा १ सय २० को अनलाइन आवेदन आएको थियो । १० जनाको जुरी समुहले १ महिनासम्म अध्ययन, अन्तवार्ता, प्रिजेन्टेशन, कार्यालय भ्रमण, अनलाइन भोटिङ लगायतको छनौट प्रकृयाबाट उत्कृष्ट छानिएको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए । 

नेपाल प्रहरीलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड

आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स अवार्ड प्राप्त गर्न सफल भएको छ । सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायलाई वितरण गरिने यो अवार्डमा नेपाल प्रहरी उत्कृष्ट भएको हो ।  नेपाल प्रहरीको कार्यालयमा कागजको प्रयोग ८० प्रतिशतले घटिसकेको छ । चाँडै नै नेपाल पुलिस नामको इन्टिग्रेटेड एप्लिकेशन पनि ल्याउने तयारीमा प्रहरी जुटेको छ । अवार्ड ग्रहण गर्दै प्रहरी महानिरिक्षक सर्वेन्द« खनालले सरकारको डिजिटलाइजेसनको अभियानसँगै प्रहरी सूचना प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढेको बताउनुभयो । 

आइसिटी पायोनियर अवार्ड सञ्जीव राजभण्डारीलाई

तीन दशकदेखि नेपालको सूचना प्रविधिको विकास र विस्तारमा अनवरत लागिरहेका मर्कन्टाइल कम्युनिकेशनका संस्थापक सञ्जीव राजभण्डारीले आइसिटी पायोनियर अवार्ड प्राप्त गरेका छन् । राजभण्डारीले नेपालमा पहिलोपटक इन्टरनेट सेवा भिœयाउने, बैंक तथा वित्तीय क्षेत्रका सफ्टवेयर निमार्ण गर्नेदेखि सूचना प्रविधिका महŒवपूर्ण प्रडक्टहरुको बजारीकरण गर्न योगदान दिएका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामार्फत यो क्ष्ँेत्रको उत्थानमा उनी सक्रिय रह“दै आएका छन् । 

विश्वास ढकाललाई आइसिटी आन्ट्रप्रेनर अवार्ड

एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले आइसिटी आन्ट्रप्रेनर अवार्ड प्राप्त गरे । विद्यार्थी जिवनमा एउटा कोठाबाट सुरु भएको एफ वान सफ्टमार्फत् उनले ४५० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएका छन् । हाल एफवान सफ्टअन्तर्गत ई सेवालगायत १५ कम्पनी सञ्चालनमा छन् । 

पिपुल डेभलपमेन्ट ल्याबलाई आइसिटी स्टार्टअप अवार्ड

मल्टिनेश्नल कम्प्युटर नेटवर्किङ कम्पनी नेटगियरले शीर्ष प्रायोजन गरेको यस संस्करणको आइसिटी स्टार्टअप अवार्ड पिपुड डेभलपमेन्ट ल्याब प्रालिले जित्न सफल भएको छ । निर्णायक र अनलाइन भोटिङको आधारमा पहिलो हुन सफल यस कम्पनीले प्रविधिको माध्यमबाट मानिसलाई करियर गाइड गर्ने, कोचिङ प्रदान गर्ने र उनीहरुको लिडरसिप प्रोसेसलाई नयाँ रुपले मूल्याकंन र परिभाषित गर्ने गर्दछ । 

आइ–सोलुसन्स लाइफलाई आइसिटी प्रडक्ट अवार्ड

दर्शन टेकले केही महिनाअघि विकास गरेको इन्सुरेन्स म्यानेजमेन्ट सफ्टवेयर आइ–सोलुसन्स लाइफले आइसिटी प्रडक्ट अवार्ड जित्न सफल भयो । यो प्रडक्ट लाइफ इन्सुरेन्स कम्पनी, पोलिसी मार्केट, एजेन्सी मार्केट, इन्सुरेन्स रेगुलेटर आदिका लागि लक्षित छ । हाल ६ प्रमुख विमा कम्पनीहरुमा समेत यसको प्रयोग गरिएको छ ।

सारथीलाई जुरी स्पेसल मेन्सन अवार्ड

अनलाइनबाट ट्याक्सी सेवा प्रदान गर्दै आइरहेको सारथी प्रालीले जुरी स्पेसल मेन्सन अवार्ड जित्न सफल भएको छ । आइसिटी स्टार्टअप र प्रडक्ट दुवै विधामा उत्कष्ट ५ मा पर्न सफल सारथी  उपभोक्तालाई प्रविधिसँग जोडेर सहज तरिकाले ट्याक्सी सेवा उपलब्ध गराउँदै आएको छ । 


आइसिटी डायस्पोरा अवार्ड हिमाल कर्माचार्यलाई

त्यसैगरी अन्तराष्ट्रिय तहमा रही सूचना प्रविधिमा उदाहरणीय काम गरेको भन्दै लिपफ्रग टेक्नोलोजीका कार्यकारी प्रमुख हिमाल कर्माचार्यलाई आइसिटी डायस्पोरा अवार्ड प्रदान गरियो । हाल अमेरिकामा रहेका उनले नेपालको सूचना प्रविधि क्षेत्रमा पनि प्रत्यक्ष योगदान गर्दै आएका छन् । 

आइसिटी मिडिया रिकग्निसन अवार्ड न्यौपाने र साउदलाई

त्यसैगरी आइसिटी मिडिया रिकग्निसन अवार्ड पत्रकारद्धय सन्तोष न्यौपाने र गोपाल साउदलाई प्रदान गरिएको छ । साउद नयाँपत्रिका दैनिकमा कार्यरत छन् भने न्यौपाने नागरिक दैनिकमा कार्यरत छन् । आइसिटीलाई मुख्य विधा बनाएर पत्रकारिता गरेका पत्रकारलाई यो अवार्ड वितरण गरिन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर