• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

माइतीघरमा अर्धनग्न प्रदर्शन गर्ने तीन जना पक्राउ (फोटोफिचर)

काठमाडौं । काठमाडौंको माइतीघरमा अर्धनग्न प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार गर्ने अपराधीलाई मृत्युदण्ड दिनुपर्ने भन्दै अर्धनग्न रुपमा माइतीघरमा प्रदर्शनमा उत्रिएका तीन जनालाई शनिबार प्रहरीले पक्राउ परेको हो । पक्राउ पर्नेमा एक पुरुष र दुई महिला छन् । सयौंको हाराहारीमा शनिबार माइतीघरमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारी मध्ये केह ीभने अर्धनग्न रुपमा उत्रिएका थिए ।

उनीहरुले भदौ १ गतेदेखि लागू भएको नयाँ कानूनमा बलात्कार जस्तो जधन्य अपराध गर्नेलाई मृत्युदण्डको व्यवस्था हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए । उनीहरुले बलात्कारीलाई फाँसी दिनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर