• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

इंग्लिस प्रिमियर लिगः चेल्सीको लगातार दोस्रो जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीले लगातार दोस्रो जित हात पारेको छ ।

शनिबार भएको रोमाञ्चक खेलमा चेल्सीले आर्सनललाई ३–२ ले हराउन सफल भयो । जम्मा ५ गोल भएको खेलमा चेल्सीले पहिलो २० मिनेटमानै २ गोलको अग्रता कायम गरिसकेको थियो । ९ औँ मिनेट पेद्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

आर्सनलका पिएरे एम्रिकको प्रहारलाई ‘कन्ट्रोल’मा लिँदै अल्भारो मोराटाले चेल्सीका लागि दोस्रो गोल गरे । दुई गोलले पछि परेको आर्सनलका लागि मेनरिख मखितारिय र एलेक्स ल्वाबीले गोल गर्दै पहिलो हाफमा खेललाई बराबरीको स्थितिमा पुर्याए । दोस्रो हाफलाई आफ्नो नियन्त्रणमा लिएको चेल्सीले ८१ औँ मिनेटमा तेस्रो तथा निर्णायक गोल गर्यो । उसका लागि अलोन्सोले गोल गरे । 

जितका बाबजुद चेल्सीका कोच मौरिजियो सारीले टिम अझै म्यानचेष्टर सिटीलाई चुनौति दिन सक्ने खालले तयार भइनसकेको बताए । ‘मैले ७५ मिनेटसम्म खेल निकै इन्जोय गरेँ त्यसपछि भने खेल हेर्नुभन्दा चुरोट खाँदै बस्नु ठिक लाग्यो ।

खेल निकै रोमान्चक थियो सबैका लागि तर अन्तिम १५ मिनेट निकै खराब रह्यो । तत्कालका लागि भने हामी म्यानचेष्टर सिटीको नाममा रहेको टाइटल जित्न सम्ने अवस्थामा छैनौँ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर