• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

एसियाली खेलकुदमा नेपालले आज फुटबल, ब्याडमिन्टन र फेन्सिङमा प्रतिस्पर्धा गर्दै 

काठमाडौं । एसियाली खेलकुद अन्तर्गत नेपालले आइतबार फुटबल, ब्याडमिन्टन र फेन्सिङमा प्रतिस्पर्धा गर्दैछ । 

उद्घाटन समारोह अघिदेखि नै सुरु भएको फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार पाकिस्तानको सामना गर्नेछ । अघिल्लो दुई खेलमा पराजित नेपालले पाकिस्तानलाई हराएमा समूहको उत्कृष्ट तेस्रो टिम बनेर प्रिक्वार्टर फाइनलमा स्थान बनाउन सक्नेछ । नेपाल जस्तै अघिल्ला दुई खेलमा पाकिस्तान पनि पराजित भएकाले आज उसका लागि पनि नेपाललाई हराउँदै प्रिक्वाटरफाइनलको बाटो तय गर्ने ध्यान हुनेछ । 

आइतबारनै नेपालले ब्याडमिन्टन तर्फ पुरुषको टिम इभेन्टसमा पाकिस्तानसँग प्रतिष्पर्धा गर्दैछ । नेपाली टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजित तामाङ र नविन श्रेष्ठ छन् । यस्तै महिला टिम इभेन्टसमा भने नेपालले माल्दिभ्ससँग खेल्नेछ । नेपाली टिममा नङ्सल तामाङ, जेसिका गुरुङ, रसिला महर्जन र अमिता गिरी छन् ।

फेन्सिङ तर्फ महिलाको साब्रे ब्यक्तिगत इभेन्टमा कमला श्रेष्ठले जापानी खेलाडी नोरिका तामुरा, मंगोलियाकी अरुन्जया युन्देन्दोर्ज, हङ्कङ्की यिङ अउ सिन, चीनकी जियारुसी कियान र भियतनामकी थु हा बुई थीसँग प्रतिष्पर्धा गर्नेछिन् । 

यस्तै पुल डीको खेलमा रविना थापाले आयोजक इन्डोनेसियाकी दिया पेरमातासारी, जापानकी शिहोमी फुकुसिमा, दक्षिण कोरियाकी जिसु युन, कम्बोडियाकी लिन्ली छाय र इरानकी फाजेह राफिइ डेल्चेहसँग प्रतिष्पर्धा गर्नेछिन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर