• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

भेनेजुएली नागरिक रोक्न इक्वेडरको नयाँ नियम, पासपोर्ट विना प्रवेश गर्न नपाइने 

एजेन्सी । भेनेजुएलाबाट कोलम्बिया हुँदै आफ्नो देश प्रवेश गरीरहेका नागरिकलाई रोक्न इक्वेडरले नयाँ नियम लागु गरेको छ ।

भेनेजुएलाको आर्थिक तथा राजनीतिक संकटबाट भागेर इक्वेडर प्रवेश गर्ने प्रयासमा रहेका नागरिकलाई रोक्न इक्वेडर नयाँ नियम ल्याएको हो । इक्वेडरले विना पासपोर्ट आफ्नो देश प्रवेश गर्न नपाइने व्यवस्था ल्याएको छ । यसअघि हजारौँ भेनेजुएली नागरिक आफ्नो परिचयपत्र मात्र देखाएर कोलम्बिया हुँदै इक्वेडर प्रवेश गरिरहेका थिए ।

अचानक ल्याइएको यो नियमबाट हजारौँ भेनेजुएली नागरिक कोलम्बियामा फसेका छन् । कोलम्बियाले पनि संकटको अवस्थामा रहेका नागरिक आफ्नो तर्फको सिमामा फस्ने भन्दै आपत्ति जनाएको छ । भेनेजुएलाबाट धेरैजसो नागरिक पेरु र चिली पनि गइरहेको बिबिसीले जनाएको छ ।

गएको १५ दिनमा भेनेजुएलाबाट झण्डै १० लाख नागरिक कोलम्बिया प्रवेश गरिसकेका छन् । त्यस्तै हरेक दिन कम्तिमा ४ हजार नागरिक कोलम्बियाबाट इक्वेडर प्रवेश गर्ने गरेको बिबिसीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर