पश्चिमाञ्चल अस्पतालको भवन रेट्रो फिटिङ हुने, नयाँ भवनको स्वरुप तयार 

पोखरा । पोखराको ठुलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालको पुराना भवनलाई रेट्रो फिटिङ गरी पुनर्निर्माण गर्ने तयारी गरिएको छ ।

रेट्रो फिटिङपछि अस्पतालको भवन पूर्ण रुपमा नयाँ स्वरुपमा देखिने छन् । छ दशक अघि निर्माण गरिएको अस्पतालका भवनहरु तीन वर्ष अघि गएको भूकम्पले जीर्ण बनेका थिए । जीर्ण अवस्थाका भवनलाई नयाँ स्वरुप दिन अस्पताल प्रशासनले रेट्रो फिटिङ गर्ने तयारी गरेको हो । त्यसको लागि स्वास्थ्य मन्त्रालय मार्फत बेलायती संस्था डिएफआईडी( डिपार्टमेन्ट अफ इन्टरनेशनल डेभलपमेन्ट) ले मर्मत सम्भार गरिदिने छ ।

मन्त्रालयले त्यसको लागि आवश्यक टेण्डर प्रक्रियामा लगिसकेको छ । टेण्डरको अन्तिम  प्रक्रिया टुंगो नलागेपनि भवनको नयाँ स्वरुपको स्केच भने शनिबार सार्वजनिक गरिएको छ । भएका पुराना भवनलाई मर्मतसँगै दुईवटा भवन नयाँ थपिने छ । 

विरामी तथा सर्वसाधारणको लागि क्यान्टिन तथा अस्पतालको लाईब्रेरी निर्माण गरिने छ । अस्पतालकै केही कर्मचारीले भने पुरानो भवनलाई रेट्रो फिटिङ भन्दा नयाँ भवन नै निर्माण गर्नुपर्नेमा जोड दिदै आएका छन् । शहरी विकास तथा भवन निर्माण कार्यालयले अस्पतालले  आवश्यक स्वीकृति दिएपछि स्वास्थ्य मन्त्रालयले टेण्डर प्रक्रियामा लैजाने तयारी गरेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए । ‘पटक पटक जाँच गरेपछि मात्रै फाईनल रिपोर्ट तयार गरिएको हो ।’ उनले भने–फाईनल रिपोर्ट पेश भएपछि मन्त्रालयले टेण्डरको लागि अगाडि बढाएको छ ।’ं मर्मत सम्भार गर्न नेपाल हेल्थ सेक्टर सर्पोट प्रोग्राम(एनएचएसएसपी)सँग गरिसकिएको छ । मर्मत सम्भार आवश्यक दुई संस्थाबीच सम्झौता भईसकेको छ । 

अस्पताल भवन मर्मत सम्भारको लागि मन्त्रालयको रेडबुकमा परिसकेको छ । ‘हामीले यहाँबाट केही पनि गर्दैनौ । सबै केन्द्रबाट नै सम्झौता भई काम अगाडि बढेको छ ।’ प्रतिष्ठानका निर्देशक डा. आचार्यले भने ‘जस अपजस सबै केन्द्रले नै लिन्छ । हामीले केवल भवन उपलब्ध गराईदिएका हौं ।’ स्वास्थ्य मन्त्रालय, डिएफआईडी र नेपाल हेल्थ सेक्टर सपोर्ट प्रोगाम नामक संस्थाले ५/७ पटक चेकजाँच गरेपछि मात्रै फाईनल रिपोर्ट तयार गरिएको उनले जानकारी दिए । उनले प्रक्रिया नै ढिलो भएकोले टेण्डर प्रक्रिया पनि ढिलो भएको स्पष्ट पारे । ‘फाईनल रिपोर्ट बुझाईसकेको भए अहिलेसम्म टेण्डर भईसक्थ्यो ।’ उनले भने–‘तर प्रक्रिया ढिलो भएकोले टेण्डर प्रक्रिया भने दुईमहिना भन्दा बढी ढिलो हुन पुग्यो ।’

५ सय शैथ्याको दरबन्दीसहितको अस्पताल भएपनि अहिले केवल ३५१ शैथ्या क्षमतामा मात्रै सञ्चालित छ । रेट्रो फिटिङको लागि आउने बजेटले नयाँ बनाइएको अवस्थामा १ हजार बेड क्षमताको अस्पताल सञ्चालन गर्न सकिने कर्मचारीहरु बताउँछन् । ‘केन्द्रबाटै सबै काम हुन्छ ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर