• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

एसियाली खेलकुदः पुरुष टिम क्वाटरफाइनलमा, महिला टिम पराजित 

काठमाडाैं । नेपाल इन्डोनेसियामा जारी एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टनको पुरुष टिम  स्पर्धामा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो चरणको खेलमा नेपालले पाकिस्तानलाई ३–१ ले हरायो । तीन एकल र दुई युगल स्पर्धा समावेश हुने यस स्पर्धामा नेपालले दुई एकल र एक युगल स्पर्धामा जित हात पारेको थियो। एकलतर्फ नम्बर एक रत्नजित तामाङ र दिपेश धामीले जित हात पारे।

एकलतर्फ नविन श्रेष्ठ भने पराजित भए । नेपालले क्वाटरफाइनलमा चाइनिज ताईपेइको सामना गर्ने छ ।

ब्याडमिन्टनको महिला टिम स्पर्धामा नेपाल माल्दिभ्ससँग ३–२ ले पराजित भएको छ । महिला टिममा नङ्ग्शल तामाङ, जेसिका गुरुङ्ग, रशिला महर्जन र अमिता गिरी सहभागि थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर