• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

फिजी र इन्डोनेसियामा ठूलो भूकम्प

एजेन्सी । फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ । 

फिजीका अधिकारीहरुले अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिएका छन् । स्थानीय समय अनुसार राति १२ बजेर १९ बजे राजधानी सुभादेखि ३६१ किलोमिटर टाढा पर्ने ठाँउमा भूकम्प गएको हो । भूकम्पपछिका परकम्पहरु पनि आइरहेका अधिकारीहरुले जनाएका छन् । भूकम्पले सबैभन्दा बढी असर भिटी लाउ पहाडी क्षेत्रमा परेको छ । 

त्यसैगरी इन्डोनेसियाको लोम्बोक वरपर पुनः भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार बिहान ४ बजेतिर ६.३ रिक्टर स्केलको भूकम्प गएको हो । गत साताका भूकम्पबाट ठूलो क्षति व्यहोरेको लोम्बोक क्षेत्रमा पुनः आएको भूकम्पका कारण मानिसहरु त्रसित भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर