• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पठन संस्कृतिको विकासमा जोड 

बुटवल । पठन संस्कृतिलाई जीवनको अभिन्न अंगको रुपमा विकास गर्नुपर्ने साहित्यकार श्यामलले बताएका छन् ।

बुटवलमा स्रष्टासँग अन्तर्क्रिया गर्दै उनले पछिल्लो पुस्तामा पठन संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘पछिल्लो पुस्तामा स्वदेशी तथा विदेशी साहित्यको अध्ययन नहुनाले नै साहित्य, कला संस्कृतिको अनुसन्धान पछाडि परेको हो ।’ उनले साहित्यमा प्रतीक निर्माण गर्नुपर्ने प्रतिलिपि तयार भइरहेको जानकारी दिदैं समाजबाट टाढा रहेर कहिलै पनि साहित्य सिर्जना गर्न नसक्ने धारणा व्यक्त गरे । ‘साहित्य एउटा विशिष्ट कला हो, यसमार्फत समृद्धिको दिशा देखाउन सक्नुपर्छ ।’ 

साहित्यमा नेपाली मौलिकता ल्याउन स्रषटले मिहिनेत गर्नुपर्ने तर्क गर्दै उनले भने, ‘साहित्यमा नेपालीपनको खोजी गर्न सकियो भने मात्र नेपाली साहित्य बन्न सक्दछ ।’ साहित्यमा राजनीति हाबी भएमा साहित्यप्रति रुचि घट्ने चर्चाै गर्दै उनले वर्षौदेखि रहेको ज्ञान, सीप र अनुभवलाई कलात्मक रुपमा पस्किने खालको साहित्य लेखिनुपर्नेमा जोड दिए ।

त्यस्तै, साहित्यकार तथा प्राध्यापक ऋषिराम भुसालले रुपन्देहीको साहित्यिक संघसंस्थाले गरेका साहित्यिक गतिविधि र समाज रुपान्तरणका क्षेत्रमा खेलेको भूमिकाका विषयमा परिचर्चा गरेका थिए । उनले भने, ‘नेपाली समाजको रुपान्तरणकारी आन्दोलनमा साहित्यले सशक्त र प्रभावकारी काम गरेको छ ।

लेखक गिरी श्रीसले युवा पुस्ताले साहित्यप्रति त्यति रुचि नदिएकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘युवा पुस्ताले सचेत ढंगले कलम चलाउने र पठन संस्कृतिमा ध्यान दिन जरुरी छ ।’  साहित्यकार दलबहादुर गुरुङले अरु जेटको पछाडि दौडिरहेका बेला हामी पेटको पछाडि दौडिनुपर्ने बाध्यताले साहित्यमा खरो रुपमा उत्रिन नसकेको भनाइ राखेका थिए । डा मुरारी पराजुलीले देशका लागि महत्वपूर्ण दिशानिर्देशन गर्ने खालको साहित्य सिर्जना हुनुपर्ने बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर