पोखराको न्यूरोडमा आगलागी, २५ लाखको धनमाल जलेको अनुमान

पोखरा । पोखराको न्यूरोडमा गएराति आगलागी हुँदा करिब २५ लाखको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । न्यूरोडको पोखरा महानगरपालिकाको कार्यालयभन्दा करिब ३ सय मिटर तल अंकल्स गार्डेनको विपरीत दिशामा रहेको घरमा आगलागी भएको हो । आगलागीबाट नव सन स्टार टे«डर्स र सुजल किराना पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । 

नवीन श्रेष्ठले सञ्चालन गरेको नव सन स्टार ट्रेडर्समा सोलारका सामानहरु रहेको र ती सामानहरु आगोले जल्दा करिब १५ लाख र कोपिला नेपालीले सञ्चालन गरेको सुजल किराना पसलका सामानहरु जल्दा करिब १० लाखको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । 

राति आगलागी भएकाले ढिलो गरेर जानकारी पाउँदा धेरै क्षति भएको बताइएको छ । आगलागीको कारण यकिन भएको छैन । प्रहरीले विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर