धर्मेन्द्रको नाममा ‘मिथिला सिने रत्न’ पुरस्कार स्थापना

काठमाडौं । मैथिली चलचित्रका चर्चित निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’ को स्मृतिमा ‘मिथिला सिने रत्न’ नामक पुरस्कार स्थापना गरिएको छ । मैथिली सिने संसार पत्रिकाले निर्देशक धर्मेन्द्रको स्मृतिमा आइतबार आयोजित श्रद्धाञ्जलि सभामा उक्त पुरस्कार घोषणा गरेका हो । पत्रिकाका प्रकाशक तथा सम्पादक कमल मण्डलले पुरस्कारको राशि पाँच हजार १ सय रहेको जानकारी दिँदै सो पुरस्कार सिने संसारले प्रत्येक वर्ष पत्रिकाको स्थापना दिवसको अवसर पारेर मधेशका एक उत्कृष्ट कलाकर्मीलाई प्रदान गरिने बताए ।

सभामा वरिष्ठ शास्त्रीय सङ्गीत तथा गायक देव कामतले निर्देशक यादवको निधनले मैथिली कला क्षेत्रले एउटा प्रतिभाशाली निर्देशक गुमाएको बताए । उनले भने, ‘मैथिली कला र संस्कृतिमा चलचित्रका माध्यमबाट धर्मेन्द्रले महत्वपूर्ण योगदान दिएका थिए । धर्मेन्द्रको असामयिक निधनले मिथिला कला र संस्कतिको क्षत्रेमा अपूरणनीय क्षति पुगेको छ ।’ 

साहित्यकार विनित ठाकुरले यादवको निधनबाट मैथिली सिने जगतलाई ठूलो क्षति पुगेको बताउँदै भने, ‘एउटा होनाहार प्रतिभाको असामयिक निधनले मैथिली कला र चलचित्रका क्षेत्रले ठूलो अभाव महशुस गरेको छ ।’  सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय मैथिली चलचित्रका निर्देशक यादव गत मङ्गलबार काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर