‘म्यान अफ दि इयर’ मा भाग लिन थाइल्यान्ड जाँदै सुशान्त 

काठमाडौं । ‘मिस्टर काठमाडौं २०१८ं’ घोषित भएका सुशान्तकाजी श्रेष्ठले ‘म्यान अफ दि इयर २०१८’ मा नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड जाने भएका छन् । १० प्रतिस्पर्धीलाई पछि पार्दै नेपालबाट छनोट भएका उनी उक्त प्रतियोगिताको एक मात्र नेपाली प्रतियोगी हुन् ।

श्रेष्ठले थाइल्याण्ड, फिलिपिन्स, इन्डोनेसिया, जापान, भारत लगायत ३० भन्दा बढी देशका प्रतियोगीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धामा नेपाली कला संस्कृति झल्कने विभिन्न परिहन तयार पारेको श्रेष्ठले बताए । उनले भने, ‘नेपाली कला, संस्कृति र भेषभुषा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मलाई यो एक महत्वपुर्ण अवसर हो ।’ उनले देशको नाम राखेर फर्किने आशा गरेको जनाउँदै नेपालका मौलिक गीत संगीत समेत आफूले कार्यक्रम लिएर जान लागेको सुनाए ।

एक्सपोज नेपालले प्रतिस्पर्धामा श्रेष्ठलाई पठाउन लागेको हो । विभिन्न नेपाली कला, संस्कृति र पहिचान झल्कने पहिरनसहित श्रेष्ठ प्रतियोगितामा भाग लिन लागेको एक्सपोज नेपालकी सिइयो अर्चना थापा (बस्नेत) ले जानकारी दिइन् । प्रतियोगितामा सहभागी हुन् श्रेष्ठ आगामी शुक्रबार अर्थात ८ भदौमा थाइल्याण्ड उड्दैछन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर