• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अपहरण गरेर बन्धक बनाएको आरोपमा एक जना पक्राउ

काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका–६ बस्ने २२ वर्षीय अरुण चौहानलाई बन्धक बनाएको अभियोगमा सुनसरी ईटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने ३० वर्षीय हेमराज कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

सुनदरहरैचा नगरपालिका–४ बलिया चोकबाट चौहानलाई अपहरण शैलीमा लगि सुनसरीको ईटहरीस्थित हल्गडा एरियामा बन्धक बनाएर राखिएको प्रहरीले जनाएको छ । बन्धक बनाएर राखेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बन्धक बनाई राखेको अबस्थामा फेला पारी चौहानलाई आफन्तको जिम्मा लगाएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर