• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

संसदमा कांग्रेस नेता अमरेशकुमारको व्यग्ंय प्रधानमन्त्री खड्गप्रसाद कि ‘करप्रसाद ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले देशभर स्थानीय तहले सुरु गरेको करका कारण जनतामा आतंक छाएको बताएका छन् । ‘

कहिले मकै पोल्नेलाई, कहिले ठेलावालाई, कहिले खोला तर्नेलाई कर, हुंदा हुंदा हामीलाई समस्या भयो, संसदले खड्ग प्रसाद ओलीलाई प्रधानमन्त्री बनाएको तर सामाजिक संजालमा उहाँलाई ‘करप्रसाद’ ओली बनाइदिएको छ, उनले संसदको शुन्य समयमा बोल्दै भने, अब हामीले प्रश्न को संग गर्ने खड्गप्रसाद ओली कि करप्रसाद ओलीसँग गर्ने ?’

करमा एकरुपता ल्याउन माग गर्दै उनले एउटै व्यक्तीलाई ३ ठाँउमा कर लगाएको अवस्थाको अन्त्य हुनुपर्ने बताए ।बैठकमा कांग्रेसका अर्का सांसद उमेश श्रेष्ठले संविधान अनुसार केन्द्रले प्रदेश मार्फत स्थानीय तहलाई निर्देशन दिन सक्नेकुरा लेखिएको बताउदै उनले कुन कुन विषयमा कर लगाउने हो संसदले आवस्यक निर्देशन दिनुपर्ने बताए ।

सत्तापक्षीय सांसद घनश्याम खतिवडाले करका विषयमा अफबाहहरु फैलाएको र सरकारलाई बदनाम गर्ने उदेस्यले यस्तो कुरा आएको बताए । कसरको विषयलाई लिएर मुल्य बृद्धि गर्नेहरुले करको बाहाना बनाएर मुल्यबृद्धि गरेको उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर