• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

१५ लाख लुटियो भनेर घरमा लुकाएर राख्ने अस्कर पक्राउ 

काठमाडौं । १५ लाख रुपैयाँ लुटिएको नाटक गरेर प्रहरीमा उजुरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अस्कर अली छन् । आइतबार दिउँसो २ बजे बज्रयोगिनी बहुउदेश्सीय सहकारी संस्था न्यूरोडबाट १५ लाख रुपैयाँ निकालेर आफ्नो पसल क्षेत्रपाटी आउँदै गर्दा आफू लुटिएको भनेर उनले प्रहरीलाई खबर गरेका थिए । 

अलीले २२० सिसीको पल्सर मोटरसाइकलमा आएका दुई जना व्यक्तिले खुकरी देखाएर आफूलाई स्यम्भूको जंगलमा लगेर उक्त रकम लुटिएको भन्दै प्रहरीकोमा उजुरी दिएका थिए । प्रहरीले अलीकै उजुरीका आधारमा उनलाई सोधखोज गर्दा उनका कुरा नमिले पछि उनीमाथि नै संका लागेर प्रहरीले अनुसनधान गरेको थियो । 

महानगरीय प्रहरी वृत लैनचौर र महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीसँग सोधपुछ गरेको थियो । पछि प्रहरीले उनले बोलका कुरा झुटो भएको संका लागेपछि उनी बस्ने घरमा खानतलासी गर्दा उनको घरबाट १५ लाख रुपैयाँ बरामद गरेको थियो । उनले आफू बस्ने पकनाजोलस्थित राजेश श्रेष्ठको घरको भर्याङमा लगेर उक्त रकम लुकाएर राखेको अवस्थामा बरामद गरेको छ ।

भर्याङमुनि सोनाम लेखिएको बोरामा १५ लाख ३१ हजार ८ सय रुपैयाँ, चिनियाँ युयान १०० दरको १ थान, १० दरको १ थान, चाबी ७ थान, सामसुङ कम्पनीको मोबाइल १ थान पनि प्रहरीले बरामद गरेको छ । प्रहरीमा झुटो उजरी दिने अलीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनको सो रकमको स्रोत समेत नखुलेकोले सम्पत्ति सुद्धिकरण विभाग पठाइने प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर