दिउँसो मन्दिरमा राती पुजारीको घरमा

पाल्पा । पाल्पाको रम्भा गाउपालिका–५, ताहँुमा रहेको प्रसिद्ध रम्भादेवी मन्दिरको मुर्ति गाउँलेको घरमा रात बिताउन थालेको करिब ४० वर्ष पुग्न थालेको छ ।

 मन्दिरको मुर्ति पटक–पटक चोरी हुन थालेपछि स्थानीयले ताहुँको बजार क्षेत्रमा साँझमा मुर्तिलाई घरमा ल्याउने गरेका हुन । जंगलको बिचमा मुर्तीको सुरक्षा नहुने हुदाँ बिहान पुजारीसँगै मन्दिरमा प्रवेश गर्ने मुर्ति र साँझ मन्दिरबाट पुजारीसँगै बाहिरिने गरेको मन्दिरका पुजारी प्रेम नारायण पाण्डेले बताए ।

चालिस बर्षदेखि ताहुँ प्रहरी चौकीको नजिकै स्थानीयको घरमा राख्न थालेसँगै मन्दिरको मुर्ति चोरिनबाट जोगिएको छ ।स्थानीय सरकार आएपछि मन्दिर व्यवस्थापन समिति गठन गरी मन्दिर व्यवस्थापन हुने आशामा रहेका स्थानीय मन्दिर व्यवस्थापन समितिको गठन गरी मन्दिरलाई प्रचार प्रसार गर्न नसक्दा मन्दिर ओझेलमा परेको स्थानीय टिकाराम बस्यालले बताए ।

स्थानीय खुम बहादुर कार्की पनि केही मात्रमा पर्यटकहरु आएतापनि मन्दिरको व्यबस्थापन राम्रो हुन नसक्दा निरास भएर फर्कने गरेको बताए ।जिल्ला सदरमुकाम तानसेनदेखि ३१ किलोमिटर पुर्वमा ताहुँको घनाजंगलभित्र शान्त र रमणीयस्थलमा रहेको रम्भादेवी मन्दिर धार्मिक एंवम साँस्कृतिक महत्वले भरीपूर्ण रहेको हुदाँ यस मन्दिरलाई प्रचार प्रसार गर्न सके धार्मिक पर्यटकका लागी एउटा राम्रो गन्तव्य बनाउन सकिने देखिन्छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर