• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बाघको हड्डीसहित दुई जना चिनियाँ पक्राउ 

काठमाडौं । प्रहरीले बाघको हड्डीसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक १८ वर्षीय जाई वाई र १९ वर्षीय झ्याङ यु टाई छन् । आइतबार राति साढे १ बजे क्षेत्रपाटी क्षेत्रमा दुर्दभ वन्यजन्तुहरुको हड्डी किनबेच हुन लागेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत लैनचौर र महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

क्षेत्रपाटीस्थित निशुल्क अस्पताल नजिक सडकमा बा ७२ प ८६०२ नम्बरको स्कुटर जाईले चलाएका थिए भने स्कुटरको पछाडि झ्याङ बसेका थिए । पछाडि बसेका झ्याङले सेतो बोरा समेत च्यापेका थिए । प्रहरीले संका लागेर उक्त बोरा खानतलासी गर्दा १३ थान बाघको हड्डी फेला परेको हो । त्यसैगरी प्रहरीले उनीहरुको साथबाट ३० हजार नेपाली रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ परेका दुबैलाई कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर