• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

अध्यक्ष प्रचण्डले गरे एसियाडमा सहभागी टेबुल टेनिस टोलीलाई बिदाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एसियाडमा सहभागी हुन जाने टेबुल टेनिस खेलाडीहरुको टोलीले बिदाई भेट गरेको छ ।

 इन्डोनेसियाको राजधानी जाकर्तामा जारी १८ औं एसियन खेलकुद प्रतियोगितामा सहभागि हुन जान लागेको टेबुल टेनिस खेलाडीको टोलीले बिदाई भेट गरेको हो । टोलीसँग भेट गर्दै अध्यक्ष प्रचण्डले टेबुल टेनिस खेलबाट एसियाडमा देशको नाम राख्न शुभकामना दिए ।

 आफूलाई पनि टेबुल टेनिस खेल धेरै मनपर्ने बताउँदै उनले भने, ‘राम्रो खेल प्रदर्शन गर्नुहोस्, मेरो तर्फबाट जीतको शुभकामना छ ।’ राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा टिम मेनेजर सुदिल शाहीले अध्यक्ष प्रचण्डसँगको भेट पश्चात खेलाडीहरुमा थप उर्जा र हौसला बढेको बताए । 

सो खेलमा अनिल घिमिरे र संजीव ढुंगेल प्रशिक्षमकद्वयका साथ खेलाडीहरु नविना श्रेष्ठ, स्वेच्छा नेम्वाङ, रविना महर्जन, स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल, दीप सावन सहभागी हुनेछन् । दुई दिन अगाडि सुरु भएको एसियाडमा नेपालसहित ४५ राष्ट्रले भाग लिइरहेका छन् भने उनीहरुले ४ सय ६५ खेलहरुमा भाग लिइरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर