• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

राप्रपाको केन्द्रीय सदस्य २७७, हरेक जिल्लाबाट कम्तिमा १ जनाको प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रापाको केन्द्रीय सदस्य संख्या २ सय ७७ हुने भएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले उक्त निर्णय गरेको हो । 

२ सय ७७ केन्द्रीय सदस्य मध्य प्रत्येक जिल्लाबाट कम्तिमा एक÷एक जनाको केन्द्रीय कार्य समितिमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुने गरी निर्वाचन हुने पनि राप्रपाले निर्णय गरेको छ । 

त्यसैगरी गत जेठमा विरगंजमा सम्पन्न केन्द्रीय परिषद बैठकले निर्देश गरे बमोजिम विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित उपसमितिले प्रतिवेदन प्रस्तुत गरेको छ । उपसमितिले प्रस्ताव गरे अनुरुपको प्रतिवेदन संशोधन सहित पारित गरेको छ ।

पार्टीको महाधिबेशन प्रतिनिधि सक्रिय सदस्यबाट चयन हुने व्यवस्था गरेको छ । विधानमा उल्लेख भएका पदाधिकारीहरु मध्ये ५० प्रतिशत महाधिबेशनबाट निर्वाचित हुने र ५० प्रतिशत अध्यक्षबाट मनोनित हुनेछन् ।

राप्रपाको संशोधित विधानको भावना अनुरुप पार्टीलाई अघि बढाउन र केन्द्रीय पदाधिकारीहरु नयाँ ढंगबाट पुर्नगठन गर्ने प्रयोजनका लागि हाल कायम रहेका पार्टीका सबै केन्द्रीय पदाधिकारीहरुलाई आजकै मितिबाट पदमुक्त गरिएको छ ।

गत जेठमा सम्पन्न केन्द्रीय परिषद बैठकको निर्णय अनुसार देशका सवै प्रदेश र स्थानीय तहहरुमा पार्टीको संगठनलाई सुदृढ ढंगले पु¥याउन विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको छ । यस क्रममा संगठन बिभाग र हिन्दुराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण अभियान सम्बन्धि दुई छुट्टाछुट्टै कार्ययोजनालाई बैठकले अनुमोदन गरेको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर