• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिका अलग

एजेन्सी ।  संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट अलग हुने घोषणा गरेको छ । अमेरिकाले उक्त परिषदलाई राजनीतिक पूर्वाग्रह गरेको आरोप पनि लगाएको छ ।

आलोचना गर्दै अमेरिका सो परिषदबाट छुट्टिएको घोषणा गरेको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले वासिङ्टनमा यो घोषणा गरेकी हुन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेओको राय बमोजिम नै यो निर्णय गरिएको बताएको विविसीले उल्लेख गरेको छ ।

 केही विदेशी स्वार्थी राष्ट्र वा व्यक्तिले आफनै सेवागर्ने निकायको रुपमा यसलाई प्रयोग गर्दै आएकाले पनि उक्त परिषदबाट अमेरिकाले निस्किने निर्णयमा पुगेको राष्ट्र संघकालागि अमेरिकी राजदूत निक्की हेलीले बताइन् । परिषदका सदस्यले आफ्ना र आपूmले गरेका मानवअधिकार उल्लङ्घनका घटना लुकाउन यो परिषद खोलेको समेत अमेरिकाले आरोप लगाएको छ ।

 राष्ट्रसंघको मानवअधिकार परिषद् गतवर्ष इजरायलप्रति सधैँ पूर्वाग्रही भएको आरोप लगाउँदै अमेरिकाले सो परिषद्को सदस्यता नवीकरणको लागि आगामी दिनमा विचार गर्ने पनि बताएको छ । जेनेभामा सन् २००६ मा गठन भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले मानवअधिकारको अवस्थाबारे प्रश्न उठाउन मिल्ने मुलुकलाई पनि आफ्नो सदस्य बन्न दिएको आरोप अमेरिकाले विगतदेखि नै लगाउँदै आएको थियो ।

 राजदूत हेलीले वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा मानवअधिकार परिषद्बाट अलग हुने अमेरिकी निर्णयबारे जानकारी दिइन् । पत्रकार सम्मेलनमा विदेशमन्त्री पोम्पेओ पनि सहभागी थिए ।

परिषद्लाई मानवअधिकारको रक्षागर्न नसक्ने र निकै कमजोर निकायको संज्ञासमेत उनले दिइन् ।  

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले आफ्ना प्रवक्तामार्फत जारी गरेको एक प्रेस वक्तव्यमा अमेरिका मानवअधिकार परिषदबाट बाहिर निस्किन नहुने बताएका छन् । उनले यस्तो सम्वेदनशिल परिषद्बाट अमेरिका बाहिर नजाओस भन्ने आफ्नो चाहना रहेको पनि बताएका छन् । 

इजरायलले भने अमेरिकाको उक्त निर्णयको स्वागत गरेको छ । इजरायलको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी अमेरिकाले उक्त परिषद्बाट अलग हुनेगरी गरेको निर्णयको स्वागत गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर