• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने युवक पक्राउ 

काठमाडौं । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने युवक पक्राउ परेका छन् । पन्तको हत्या भएको २५ औं दिनपछि हत्या आरोपित सोही ठाउँका दिलिपसिंह विष्ट पक्राउ परेका हुन् । 

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको छ । 

बिष्ट पहिला पनि अपराधमा जेल परेर छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ । साउन १० गते हराएकी पन्तको ११ गते शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि नै हत्या भएको पुष्टि भएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर